ईपीएल : पहिलो खेलमा चितवन र विराटनगर भिड्दै, यस्तो छ दुवैको सम्भावित–११

काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स खेल्दैछन् ।

यी टिमबीचको खेल बिहान ९:३० बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । हालसम्म ईपीएलमा यी दुई टिमले एक अर्काविरुद्ध दुई पटक खेलेका छन् । जसमा दुवै टिमले एक/एक म्याच जितेका छन् ।

यसपालि विराटनगर टिमको कप्तानी करण केसीले गर्दैछन् । विराटनगरमा विदेशी खेलाडीको रूपमा चन्द्रपउल हेमराज (वेष्ट इण्डिज), सिकन्दर राजा (जिम्बाब्वे), दीलशान मुनावीरा (श्रीलंका) र रयानखान पठान (क्यानडा) छन् ।

चितवन टाइगर्सको कप्तानी सोमपाल कामीले गर्दैछन् । चितवनमा यसपालि विदेशी खेलाडीको रूपमा मोहम्मद शाहजाद, करीम जनत, सेक्कुगे प्रसन्ना र भिरन्दीप सिंह छन् ।

चितवनको सम्भावित–११ : दिलिप नाथ (विकेटकीपर/उपकप्तान), मोहम्मद शाहजाद (विकेटकीपर), खडक बोहरा, इशान पाण्डे, राजेश पुलामी, सोमपाल कामी (कप्तान/अलराउन्डर), सेक्कुगे प्रसन्ना (अलराउन्डर), करीम जनत (अलराउन्डर), कमल सिंह ऐरी, शाहब आलम र सागर ढकाल ।

विराटनगरको सम्भावित–११ : आसिफ शेख, चन्द्रपउल हेमराज, दीलशान मुनावीरा, अनिलकुमार शाह (विकेटकीपर/उपकप्तान), सौरभ खनाल, सुमित महर्जन, सिकन्दर राजा (कप्तान/अलराउन्डर), करण केसी (कप्तान/अलराउन्डर), हरिबहादुर चौहान (अलराउन्डर), रामनरेश गिरी र अनिल खरेल ।

चितवन टाइगर्सको पूर्ण टिम : सोमपाल कामी, दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप सुनार, देभ खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम शार्की, सागर ढकाल, मोहम्मद शाहजाद(✈️), करीम जनत(✈️), सेक्कुगे प्रसन्ना(✈️), भीरनदिप सिंह(✈️) , प्रशिक्षक – पुरु सिंह , स्यामसंग जंग थापा

विराटनगर वारियर्सको पूर्ण टिम : करन केसी, आसिफ शेख, अनिल शाह, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देबकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव, सिकन्दर राजा(✈️), रायन पठान(✈️), चन्द्रपौल हेमराज(✈️), दिलशान मुनाविरा(✈️) , प्रशिक्षक : मनोज कटवाल

Loading...