तेस्रो टी-२० मा हुनेछ कडा टक्कर, यस्तो छ दुवैको सम्भावित प्लेइङ-११

काठमाडौं- पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत भारत र इंग्ल्याण्डले तेस्रो टी-२० मंगलबार खेल्दै छन् ।

यी दुई टिमबीचको तेस्रो खेल पनि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।

पाँच खेलको जारी सिरिजमा दुवै टिमले एक/एक खेल जितेका छन् । भोलिको खेल जित्ने टिमले सिरिजमा २-१ ले अग्रता बनाउने छ ।

पहिलो खेलमा ८ विकेटले पराजित भएको भारतले उत्कृष्ट ‘कमब्याक’ गरेको छ । उसले आइतबार दोस्रो खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराएको थियो ।

दुवै टिमबीचको तेस्रो टी-२० रोमाञ्चक हुने अनुमान छ । तेस्रो खेलमा भारतले प्लेइङ ११ मा परिवर्तन गर्ने सम्भावना कम छ । यद्यपि लगातार दुई खेलमा विश्राम पाएका उपकप्तान रोहित शर्माले तेस्रो टी-२० खेल्न छन् ।

पहिलो दुई खेलमा ओपनर केएल राहुलले सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन् । उनलाई विश्राम दिँदै भारतले तेस्रो खेलमा रोहितलाई प्लेइङ-११ मा समावेश गनेए सम्भावना भने कायमै छ ।

इंग्ल्याण्डको टोलीलले मार्क उडलाई प्लेइङ-११ मा समावेश गर्न सक्छ । उनलाई दोस्रो खेलमा आराम दिइएको थियो ।

त्यस्तै, तेस्रो टी-२० मा इंग्ल्याण्डले टम करनको स्थानमा अलराउन्डर मोइन अलीलाई खेलाउन सक्छ

भारतको सम्भावित प्लेइङ-११ : रोहित शर्मा/केएल राहुल, इशान किशन, विराट कोहली (कप्तान), ऋषभ पन्त (विकेटकीपर), श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार र युजवेन्द्र चहल ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनि बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, मोईन अली, साम कुरन, जोफ्रा आर्चर, आदिल राशिद र मार्क वुड र क्रिस जोर्डन ।

Loading...