भैरहवा र पोखराको म्याच पनि आजै, यस्तो हनुसक्छ दुवैको प्लेइङ–११

काठमाडौं– चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई म्याच हुँदै छन् । पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स खेल्दै छन् ।

विराटनगर र चितवनबीचको खेल बिहान ९ः३० बजेदेखि सुरु हुँदैछ ।

हालसम्म ईपीएलमा यी दुई टिमले एक अर्काविरुद्ध दुई पटक खेलेका छन् । जसमा दुवै टिमले एक/एक म्याच जितेका छन् ।

यसपालि विराटनगर टिमको कप्तानी करण केसीले गर्दैछन् । विराटनगरमा विदेशी खेलाडीको रूपमा चन्द्रपउल हेमराज (वेष्ट इण्डिज), सिकन्दर राजा (जिम्बाब्वे), दीलशान मुनावीरा (श्रीलंका) र रयानखान पठान (क्यानडा) छन् ।

चितवन टाइगर्सको कप्तानी सोमपाल कामीले गर्दैछन् । चितवनमा यसपालि विदेशी खेलाडीको रूपमा मोहम्मद शाहजाद, करीम जनत, सेक्कुगे प्रसन्ना र भिरन्दीप सिंह छन् ।

त्यस्तै, दोस्रो खेलमा आज १ः३० बजेदेखि शरद भेषवाकर कप्तानीको भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्ने छन् ।

भैरहवाका कप्तान शरदबाहेक चितवन, विराटनगर र पोखराको कप्तान यो पटक परिवर्तन भएका छन् ।

चितवनको कप्तान गत वर्ष पृथु बास्कोटा, विराटनगरको पारस खड्का तथा पोखराको कप्तानी कायल कोट्जरले गरेका थिए ।

भैरहवा गत सिजनको फाइनलिस्ट टोली हो । फाएनलमा ऊ ललितपुर पेट्रिएट्सविरुद्ध पराजित भएको थियो ।

चितवनको सम्भावित–११ : दिलिप नाथ (विकेटकीपर/उपकप्तान), मोहम्मद शाहजाद (विकेटकीपर), खडक बोहरा, इशान पाण्डे, राजेश पुलामी, सोमपाल कामी (कप्तान/अलराउन्डर), सेक्कुगे प्रसन्ना (अलराउन्डर), करीम जनत (अलराउन्डर), कमल सिंह ऐरी, शाहब आलम र सागर ढकाल ।

 

विराटनगरको सम्भावित–११ : आसिफ शेख, चन्द्रपउल हेमराज, दीलशान मुनावीरा, अनिलकुमार शाह (विकेटकीपर/उपकप्तान), सौरभ खनाल, सुमित महर्जन, सिकन्दर राजा (कप्तान/अलराउन्डर), करण केसी (कप्तान/अलराउन्डर), हरिबहादुर चौहान (अलराउन्डर), रामनरेश गिरी र अनिल खरेल ।

भैरवाको सम्भावित प्लेइङ –११ : तमिम इकबाल, उपुल थारंगा, आरिफ शेख, शरद भेषवाकर (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, हरिशंकर शाह, अविनाश बोहरा, दिपेश श्रेष्ठ, कृष्ण कार्की र धम्मिका प्रशाद ।

पोखराको सम्भावित प्लेइङ–११ : रिचर्ड लेभी, सुनिल धमला, असेला गुणारत्ने, रित गौतम, विनोद भण्डारी (कप्तान/विकेटकीपर), लोकेश बम, रवीन्द्र शाही, विवेक यादव, सुशन भारी, बिक्रम सोब र केसरिक विलियम्स ।

Loading...