विराटनगरविरुद्ध बलिङ गर्दै चितवन, यस्तो छ दुवैको प्लेइङ–११

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत विराटनगर वारियर्सविरुद्ध चितवन टाइगर्सले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।

खेल ९ः३० बजेदेखि सुरु भएको छ । यसपालि चितवनमा सोमपाल कामी र विराटनगरमा करण केसी कपतन छन् ।

चितवनको प्लेइङ–११ : सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी, भीम सार्की, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान) र करिम जन्नत (अफगानिस्तान) ।

विराटनगरको प्लेइङ–११ : करण केसी (कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (उपकप्तान), अनिल खरेल, सौरभ खनाल, सुमित महर्जन, प्रतिश जि.सी, विक्रम कुमार भुषाल, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज) र सिकन्दर राजा (जिम्बावे) ।

Loading...