विराटनगरले दियो प्रतिस्पर्धात्मक लक्ष्य, राजाले गरे छक्काको वर्षा

काठमाडौं-  चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो खेलमा विटानगर वारियर्सले चितवन टाइगर्सलाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

उसका लागि अलराउन्डर सिकन्दर राजाले आक्रामक पारी खेले । उनले ४७ बलमा सात छक्का र दुई चौकासहित ६७ रन बनाए ।

त्यस्तै, अनिल साहले ३२ र सौरभ खनालले अविजित ३० रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कमल सिंह ऐरीले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण २ विकेट लिए । उनले चन्द्रपउल हेमराज (४) र सिकन्दर राजा (६७) को विकेट लिएका हुन् ।

त्यस्तै, करीम जनत, कप्तान सोमपाल कामी, सागर ढकालले दुई/दुई र साहब आलमले एक विकेट लिए ।

Loading...