राजस्थानका कप्तानलाई साढे ३८ लाख जरिवाना

काठमाडौं- राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई २४ लाख भारु जरिवाना गरिएको छ । स्लो ओभर रेटको कारण उनलाई २४ लाख भारु अर्थात् ३८ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

शनिबार दिल्ली क्यापिटल्ससँगको खेलमा समयमै इनिङ्स समाप्ति नगर्दा सञ्जुलाई जरिवाना गरिएको हो । उनका अलवा टिम खेलाडीलाई ६ लाख म्याच फी जरिवाना गरिएको छ ।

सञ्जु दोस्रो पटक जरिवानामा परेका हुन् । यसअघि उनी पञ्जाब किंग्ससँगको खेलमा पनि जवरिवानामा परेका थिए ।

आईपीएलमा दोस्रो पटक स्लो ओभर रेटको कारण देखा परे टिम कप्तानलाई २४ लाख जरिवाना गर्ने नियम बनाइएको छ ।

यही सिजनमा कोलकाता नाइट राइडर्सका कप्तान इयोन मोर्गन २४ लाख भारु जरिवानामा परिसकेका छन् ।

साथै, जारी सिजनमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनी, मुम्बईका कप्तान रोहित शर्मा, राजस्थानका कप्तान सन्जु सामसन पनि समान १२ लाख जरिवानामा परिसकेका छन् ।

आईपीएलमा एउटै संस्करणमा तीन पटक ‘स्लो ओभर रेट’ गरेको भेटिए कप्तानले ३० लाख भारु जरिवाना तिर्नुपर्छ ।

Loading...