मयंक अग्रवालले बनाए शानदार दोहोरो शतक, गरे चौका/छक्काकाे वर्षा

काठमाडौं ।

अहिले भारतीय क्रिकेट टिमबाट बाहिरिएका मयंक अग्रवालले रणजी ट्रफीमा उत्कृष्ट प्रदशन गरेका छन् । दायाँ हाते ब्याटरले केरलाविरुद्ध आफ्नो दोहोरो शतक बनाएका छन् । ३ सय ६० बलको सामना गरेका उनले १७ चौका र ५ छक्काको मद्दतमा २०८ रन बनाएर टोलीलाई बलियो अवस्थामा पुर्याएका छन् ।

अग्रवालले रणजी ट्रफीमा कर्नाटक टोलीको नेतृत्व गरिरहेका छन् । उनी टोलीमा कप्तानीमा साथै ओपनिङको पनि जिम्मा सम्हालि रहेका छन् । केरला र कर्नाटकबीचको यो खेल तिरुवनन्तपुरममा भइरहेको छ । केरलाका लागि सचिन बेबीले पहिलो इनिङ्समा १४१ रन बनाएका छन् ।

उनले धमाकेदार ब्याटिङ गर्दै १४१ रनको शानदार इनिङ खेलेका थिए । अग्रवालले २६ डिसेम्बर २०१८ मा अष्ट्रेलियाविरुद्ध भारतका लागि टेस्ट डेब्यू गरेका थिए । यी खेलाडीले आफ्नो अन्तिम टेस्ट खेल १२ मार्च २०२२ मा श्रीलंकाविरुद्ध खेलेका थिए । यस्तो अवस्थामा मयङ्क करिब १० महिनादेखि टिमबाट बाहिर रहेका छन् ।

उनी हालै बंगलादेशविरुद्ध खेलिएको दुई टेष्ट खेलका लागि टोलीमा छनोट भएका थिएनन् । मयंकले हालसम्म भारतका लागि २१ टेस्ट म्याच खेल्दै कुल १४८८ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले औसत ४१.३३ को रहेको छ । त्यस्तै, अग्रवालले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई दोहोरो शतक र चार शतक बनाएका छन् ।

यसबाहेक उनको ब्याटबाट चार अर्धशतक पनि निस्केको छ । अग्रवालले भारतका लागि पाँच एकदिवसीय खेल पनि खेलेका छन् । त्यस्तै, उनले अन्तर्राष्ट्रिय क्रिकेट बाहेक आईपीएलमा ११३ खेलमा २३३१ रन बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.