‘स्पट फिक्सिङ’ को आरोपमा दुई नेपाली क्रिकेटर समातिए

काठमाडौं ।

नेपाल टी–२० लिग क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर प‘क्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलमलाई प‘क्राउ गरेको हो । आदिलले नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । मेहबुबले भने लिग खेलेका थिएनन् ।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्‍यू गरेका थिए । मेहबुबले भने लामो समयदेखि राष्ट्रिय टोली बाहिर थिए । उनको नाममा एकै खेलमा १० विकेट लिने कीर्तिमान छ । राष्ट्रिय टिमबाट नखेले पनि मेहबुबले भने मधेश प्रदेशको टिमबाट गत वर्षसम्म राष्ट्रिय क्रिकेट खेलेका थिए ।

१९ वर्षीय आदिलले पपुवा न्युगिनीविरुद्धको खेलमा डेब्यू गर्दा ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए । गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए।

लिगको समयमा उनी भारतमा गएका थिए । त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ । स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.