लगातार तेस्रो शतक बनाउन चुके स्मिथ

काठमाडौं ।

अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा स्टार ब्याटर स्टिभ स्मिथले आक्रामक ब्याटिङ गरिरहेका छन् । बीबीएलको जारी सिजनमा उनले अहिलेसम्म चार खेलमा ब्याटिङ गरेका छन् । स्मिथले पहिलो खेलमा ३६ रन, दोस्रो खेलमा १०१ रन, तेस्रो खेलमा १२५ रन र आजको खेलमा ६६ रन बनाएका छन् ।

उनी आज टी–२० क्रिकेटमा लगातार तेस्रो शतक बनाउन चुके । यदि आज शतक बनाउन सकेको भए स्मिथ टी–२० मा लगातार तीन शतक बनाउने पहिलो ब्याटर बन्ने थिए । तर, नाथन एलिसले उनलाई इतिहास रच्नबाट रोके । शतक बनाउन नसके पनि यो खेलमा उनले अनौठो कीर्तिमान भने बनाउन सफल भए ।

होबार्ट हरिकेन्सका बलर जोएल पेरिसको दोस्रो ओभरमा स्मिथ ब्याटिङ गर्दै थिए । उक्त ओभरको पहिलो दुई बलमा कुनै रन बन्न सकेन । तर, तेस्रो बलमा स्मिथले छक्का हाने । अम्पायरले उक्त बललाई नो बल भने । यसपछि पेरिसको अर्को बल वाइड भयो । जसलाई चौकामा परिणत गर्दै सिड्नी टोलीलाई थप ५ रन दिएको थियो । तर, फ्रीहिट अझै कायमै थियो ।

फ्रिहिटमा स्मिथले चौका प्रहार गरे । यसरी उनले एकै बलमा १६ रन जोडे । स्मिथले पछिल्लो खेलमा १२५ रनको अविजित शतकीय इनिङ्स खेलेका थिए उनी टी–२० लिगमा लगातार दुई शतक बनाउने दशौं ब्याटर हुन् । आज होबार्टविरुद्ध पनि उनले आक्रामक पारी खेले । ३३ बलमा सामना गरेका उनले २०० को स्ट्राइक रेटमा ६६ रन बनाए । त्यसक्रममा उनले ४ चौका र ६ छक्का प्रहार गरे । स्मिथको आक्रामक ब्याटिङ कारण सिड्नीले होबार्टसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Leave A Reply

Your email address will not be published.