विश्वकप छनोटको खेल तालिका सार्वजनिक, यी हुन् नेपालका प्रतिस्पर्धी ५ टिम

काठमाडौं ।

नेपालले खेल्ने आइसिसी यू–१९ विश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक तालिकाअनुसार नेपालले एसिया छनोटमा पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरविरुद्ध खेल्नेछ । दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल २५ फेब्रुअरीमा हुनेछ ।

प्रतियोगितामा नेपालले तेस्रो खेलमा हङकङको सामना गर्ने तालिका छ । यी दुई टोलीबीचको खेल २७ फेब्रुअरीमा हुनेछ । नेपालले चौथो खेलमा मलेसियाविरुद्ध खेल्नेछ । यो खेल २८ फेब्रुअरीमा हुनेछ । त्यस्तै, नेपालले अन्तिम तथा पाँचौं खेलमा नेपालले यूएईको सामना गर्ने तालिका छ ।

यूएईमा हुने यो प्रतियोगिताको सबै खेल बिहान १०ः४५ देखि सुरु हुनेछन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ । विश्वकप एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टोली घोषणा गरिसकेको छ । क्यानले आइतबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनाल र गुल्शन झाले पनि मौका पाएका छन् । क्यानले टिम कप्तानको नाम भने घोषणा गर्न बाँकी छ । त्यस्तै, क्यानले रिजर्भ खेलाडीको रूपमा तुलबहादुर थापा, प्रज्वल थापा, निर्मल थापा र राजेश यादवलाई समावेश गरेको छ ।

एसिया कप क्वालिफायरका लागि नेपालको टोली : आकाश थापा, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कडेँल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्शन झा, देव खनाल, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा ।

Leave A Reply

Your email address will not be published.