आईपीएल ‘अक्सन’अघि चम्किँए सचिनका छोरा, दोस्रो म्याचमा पनि छक्काको वर्षा

काठमाडौं : भारतमा जारी ७३औँ पुलिस शील्ड प्रतियोगितामा युवा अलराउन्डर अर्जुन तेन्दुलकरले लगातार दोस्रो म्याचमा पनि उत्कृष्ट ब्याटिङ गरेका छन् ।

एमआईजी क्लबबाट खेलिरहेका उनले दोस्रो खेलमा ब्याटिङबाट उत्कृष्ट ब्याटिङ गरेका हुन् । दोस्रो खेलमा अर्जुनले २३ बलमा ५ छक्काको मद्दतमा ४७ रनको शानदार पारी खेले ।

आईपीएल अक्सन आउन केही दिनअघि अर्जुन उत्कृष्ट लयमा देखिएका छन् । उनले केही दिनअघि भएको एक म्याचमा ७१ रनको शानदार पारी खेलेका थिए । सो खेलमा उनले पाँच बलमा पाँच छक्का हिर्काएका थिए ।

अर्जुनको सो विस्फोटक पारीलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा पनि भइरहेको छ । उनी अलराउन्डर हुन् ।

भारतीय टिमका पूर्वकप्तान सचिन तेन्दुलकरका छोरासमेत रहेका अर्जुनले आसन्न सिजनको आईपीएल अक्सनमा नाम दर्ता गराएका छन् ।

उनले २० लाख भारु न्यूनतम मूल्य (बेस प्राइस) राखेर अक्सनमा नाम दर्ता गराएका हुन् । १४औँ सिजनको आईपीएल अक्सन आउँदो बिहीबार चेन्नईमा हुँदैछ ।

Loading...