राशिदको नजरमा विश्वका ५ उत्कृष्ट टी-२० क्रिकेटर

काठमाडौं ।

अफगानिस्तानका स्टार बलर राशिद खानले टी–२० क्रिकेटका शीर्ष ५ खेलाडीको सूचीमा छनोट गरेका छन् । यस सूचीमा उनले दुई भारतीय खेलाडीलाई पनि समावेश गरेका छन् । यसबाहेक राशिदले न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इन्डिजका एक/एक खेलाडीलाई सामेल गरेका छन् ।

राशिदले भारतका कप्तान विराट कोहली, दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर एबी डिभिलियर्स, वेष्ट इन्डिजका किरण पोलार्ड, अनुभवी भारतीय अलराउन्डर हार्दिक पाण्ड्या र न्यूजिल्याण्डका कप्तान केन विलियम्सनलाई विश्वका शीर्ष पाँच टी–२० खेलाडीको सूचीमा समावेश गरेका हुन् ।

‘विराट कोहली टिमका लागि प्रदर्शन गर्न अगाडि जान्छन् । विकेट जुनसुकै होस्, उनी आफैंले ब्याटि गर्छन् र यो उनको सबैभन्दा ठूलो बलियो पक्ष हो । टी–२० विश्वकपअघि आईसीसीसँगको कुराकानीमा उनले भने, ‘विराट विकेटको प्रकृतिको परवाह गर्दैनन् । विकेट जुनसुकै होस्, उनी आउँछन् र प्रदर्शन गर्छन् । अर्कोतर्फ एबी डिभिलियर्स एक खतरनाक ब्याट्सम्यान हुन् । जो कुनै पनि बलरको विरुद्ध कुनै पनि चरणमा छिटो रन बनाउन सक्छन् । यसबाहेक उनी कुनै पनि शट खेल्न सक्षम छन् । एक कप्तानको रूपमा तपाईं पक्कै तपाइँको टिममा उहाँ जस्तै एक ब्याट्सम्यान हुन चाहनुहुन्छ ।’

राशिदले हार्दिक पाण्ड्या र पोलार्डबारे पनि प्रतिक्रिया दिए । ‘यी दुवै खेलाडी कुनै पनि चरणबाट टिमका लागि अन्तिम ओभरमा खेल जिताउन सक्छन्,’ उनले भने, ‘यी दुई मेरो मुख्य ब्याट्सम्यान हुनेछन् । यदि टिमलाई चार/पाँच ओभरमा ८०/९० रन चाहिएमा तब यी ब्याट्सम्यानले यो बनाउन सक्छन् ।’

Leave A Reply

Your email address will not be published.