आई लिगमा अञ्जनको टिमको रोमाञ्चक जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

भारतमा जारी आई लिग फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य अञ्जन विष्ट सम्मिलित केन्क्रे एफसीले रोमाञ्चक जित निकालेको छ । सोमबार मुम्बईस्थित कोपरेज ग्राउन्डमा भएको खेलमा केन्क्रेले श्रीनिधि डेक्कनविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो । केन्क्रेको जितमा अमन गायकवाड र फैज खानले एक/एक गोल गरे ।

डेक्कनका लागि उगोचकु लुइस ओगानाले एक गोल फर्काए । खेलमा अमन गायकवाडको गोलबाट केन्क्रेले सुरुआती अग्रता लिएको थियो । गायकवाडले खेलको ७५ औं मिनेटमा गोल गरे । यद्यपि केन्क्रेको अग्रता लामो समयसम्म भने टिक्न सकेन । डेक्कनका लागि उगोचकु लुइसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

९० औं मिनेटमा फैज खानले गोल गर्दै केन्क्रेलाई २–१ को जित दिलाए । आजको खेलमा अञ्जन विष्टले भने मौका पाएनन् । उनी आई लिगका लागि शनिबार भारत प्रस्थान गरेका थिए । प्रशिक्षणमा पर्याप्त समय बिताउन नपाएकाले अञ्जनले आजको खेल गुमाएको बुझिएको छ ।

आजको जितपछि पनि केन्क्रे अंक तालिकाको ११ औं स्थानमा छ । उसले १३ म्याच खेल्दा तीनमा जित, ६ मा हार र चार खेलमा बराबरी खेलेको छ । आजको हारले डेक्कनले शीर्ष स्थानमा उक्लिने मौका गुमायो । दोस्रोमा रहेको उसले १३ म्याच खेल्दा आठमा जित, चारमा हार र एक खेलमा बराबरी खेलेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा भने नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङआवद्ध पञ्जाब एफसी छ । उसले १२ म्याच खेल्दा आठमा जित, दुईमा हार र दुई खेलमा बराबरी खेलेको छ । केन्क्रेले अब आफ्नो १४ औं खेलमा २९ जुनवरीमा गोकुलम केरलाविरुद्ध खेल्ने तालिका छ ।

केन्क्रेको तेस्रो जितपछि अंक आई लिगको तालिका :

Leave A Reply

Your email address will not be published.