रविनाको विस्फोटक ब्याटिङ, चौकाको वर्षा गर्दै बनाइन् शतक

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रविना क्षेत्रीले शानदार शतकीय पारी खेलेकी छन् ।

उनले प्रथम उपमेयर कप टी-२० प्रतियोगितामा मिलन क्रिकेट क्लबको तर्फबाट खेल्दै शतकीय पारी खेलेकी हुन् ।

फाइल तस्बिर

सोमबार भएको फाइनलमा खेलमा कैलाली क्रिकेट टिमविरुद्ध १ सय ७ रनको शानदार पारी खेलिन् । उनकै शतकीय पारीमा मिलन क्लबले कैलालीलाई ८० रनले हराउँदै उपाधि जितेको छ ।

झापाको काकडभित्तास्थित सरस्वती मैदानमा भएको फाइनलमा पहिला ब्याटिङ गर्दै मिलन क्लबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

फाइल तस्बिर

उसका लागि कप्तान क्षेत्रीले ६९ बलमा १७ चौका र ३ छक्कासहित १ सय ७ रन बनाइन् । त्यस्तै, अप्सरी बेगमले २३ र रोमा थालो १२ रनको योगदान दिइन् ।

बलिङमा डली भट्टले सर्वाधिक तीन विकेट हात पारिन् ।

१ सय ५८ रनको लक्ष्य पछ्याएको कैलाली ७७ रनमै अलआउट भयो । उसका लागि डली भट्टले २४, आश्मा पुलामीले १७ र शोभा रोकायाले १० रन बनाइन् ।

फाइल तस्बिर

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले सर्वाधिक २/२ विकेट लिइन् ।

 

Loading...