आरसिबीका ब्याटरले १० बलमा बनाए ५० रन

काठमाडौं ।

दक्षिण अफ्रिकी टी-२० लिग (एसए२०) को २० औं खेलमा प्रिटोरिया क्यापिटल्सले एमआई केप टाउनलाई ५२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको क्यापिटल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफमा एमआईको टोली १८.१ ओभरमा मात्र १ सय ३० रन बनाएर अलआउट भयो ।

सो खेलमा क्यापिटल्सका ओपनिङ ब्याटर विल ज्याक्स आफ्नो विस्फोटक पारीका लागि ‘प्लेयर अफ द म्याच’ घोषित भए । एमआईका कप्तान राशिद खानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि त्यो निर्णय पूर्ण रुपमा गलत सावित भयो । प्रिटोरियाका ओपनरहरूले आफ्नो टोलीलाई उत्कृष्ट सुरुवात दिए ।

कुशल मेन्डिस र विल ज्याक्सले ६.६ ओभरमा ८८ रनको धमाकेदार साझेदारी गरे । मेन्डिसले १९ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ र ज्याक्सले २७ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ६२ रन बनाए । त्यस्तै, विलले ५ छक्का र ५ चौकाको मद्दतमा ५० रन बनाए । उनी आईपीएलमा आरसीबीको टोलीमा समावेश छन् । त्यस्तै, जिम्मी निशमले पनि १८ बलमा २२ रन बनाए ।

एमआईका कागिसो रबाडा निकै महँगो साबित भए । यो खेलमा उनले ४ ओभरमा बिना विकेट ४९ रन खर्चिए । त्यस्तै, कप्तान राशिद खानले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए । लक्ष्य पछ्याएको एमआईले नियमित अन्तरालमा विकेट गुमायो । ओपनर डेवाल्ड ब्रेविसले पक्कै पनि धमिलो पारी खेले । उनले ३० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए पनि बाँकी ब्याटरको भने साथ पाएनन् ।

त्यस्तै, साम करणले १८ बलमा २२ र रेसीभान डेर डुसेनले २४ रन बनाए । एमआईले आफ्नो अन्तिम ६ विकेट मात्र १४ रनको अन्तरमा गुमाएको थियोे । जसका कारण टोलीले ठूलो हार बेहोरेको थियो । क्यापिटल्सका लािग वेन पार्नेल र एनरिक नोर्टजेले ३-३ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.