गिलले बनाए विश्व कीर्तिमान, तोडे कोहलीको ठूलो रेकर्ड

काठमाडौं ।

भारतीय क्रिकेट टिमका युवा ओपनिङ ब्याटर शुभमन गिलले विश्व कीर्तिमान बनाएका छन् । उनले न्यूजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा तेस्रो तथा अन्तिम खेलमा १ सय १२ रनको शानदार शतकीय पारी खेलेसँगै नयाँ कीर्तिमान बनाएका छन् ।

गिलले तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीको मामलामा पाकिस्तानका कप्तान बाबर आजमको बराबरी गरेका छन् । गिल र बाबरले तीन खेलको वानडे सिरिजमा समान सर्वाधिक ३६० रन बनाएका छन् ।

गिलले आज न्यूजिल्याण्डविरद्धको खेलमा यो कीर्तिमान स्थापित गरेका हुन् भने बाबरले वेष्ट इण्डिजविरुद्ध बनाएका थिए । त्यस्तै, गिल न्यूजिल्याण्डविरुद्ध तीन खेलको वानडे सिरिजमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् ।

आजको खेलमा ३६ रन बनाएँगै उनी न्यूजिल्याण्डविरुद्धको तीन खेलको वानडे सिरिजमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । यसअघि न्यूजिल्याण्डविरुद्धको तीन खेलको वानडे सिरिजमा विराट कोहलीले सर्वाधिक २ सय ८३ रन बनाएका थिए ।

न्यूजिल्याण्डविरुद्धको तेस्रो खेलमा गिल बाहेक कप्तान रोहित शर्माले पनि शानदार शतक बनाएका छन् । उनले ले ८५ बलमा ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रन बनाए । रोहितको अन्तर्राष्ट्रिय एकदिवसीय करियरको ३० औँ शतक हो ।

यो शतकसँगै उनले अन्तरोष्ट्रिय वानडेमा सर्वाधिक शतक प्रहार गर्ने मामलामा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको बराबरी गरेका छन् । पोन्टिङले पनि अष्ट्रेलिका लागि ३० वानडे शतक बनाएका थिए । यो फम्र्याटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी भने भारतका सचिन तेन्दुल्कर हुन् । उनले ४९ औँ शतक बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.