भारतले दियो न्यूजिल्याण्डले पायो विशाल लक्ष्य, रोहित र गिलकाे आक्रामक शतक

काठमाडौं ।

तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतले पाहुना टोली न्युजिल्याण्डलाई ३ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । इन्दौरस्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गर्ने मौका पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर रोहित शर्मा र शुभमन गिलले शानदार शतक बनाए । ८५ बलको सामना गरेका उनले ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रन बनाए । रोहितको अन्तर्राष्ट्रिय एकदिवसीय करियरको ३० औँ शतक हो ।

यो शतकसँगै उनले अन्तरोष्ट्रिय वानडेमा सर्वाधिक शतक प्रहार गर्ने मामलामा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको बराबरी गरेका छन् । पोन्टिङले पनि अष्ट्रेलिका लागि ३० वानडे शतक बनाएका थिए । त्यस्तै, गिलले ७८ बलमा १३ चौका र ५ छक्काको सहयोगमा १ सय १२ रन बनाए । हार्दिक पाण्ड्याले पनि अर्धशतकीय पारी खेले ।

उनले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५४ रन बनाए । त्यस्तै, विराट कोहलीले ३६, शार्दुल ठाकुरले २५, इशान किशनले १७ र सूर्यकुमार यादवले १४ रनको योगादान दिए । न्यूजिल्याण्डका लागि याकूब डफी, ब्लेयर टिकनरले सर्वाधिक तीन/तीन र माइकल ब्रेसवेलले एक विकेट आफ्नो नाममा गरे । त्यस्तै, भारतले वानडे क्रिकेटमा नयाँ इतिहास रचेको ।

उसले पहिला ब्याटिङ गर्दै लगातार पाँचौ पटक ३ सयभन्दा बढीको स्कोर बनाएर इतिहास रचेको हो । न्यूजिल्याण्डसँगको तीन खेलको वानडे सिरिज भने भारतले यो खेल अगावै जिति सकेको छ । यदि आजको खेलमा पनि ऊ विजयी हुन्छ भने सिरिज ‘क्लिनस्विप’ गर्नेछ ।

भारतको प्लेइङ-११: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, उमरान मलिक, युजवेन्द्र चहल ।

न्यूजील्याण्डकाे प्लेइङ-११: डेभन कोनवे, फिन एलेन, हेनरी निकोल्स, डेरिल मिचेल, टम लाथम (सी), ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, मिचेल स्यान्टनर, ज्याकब डफी, लोकी फर्ग्युसन, ब्लेयर टिकनर ।

Leave A Reply

Your email address will not be published.