केपी ओली कप हुने, ‘ए’ डिभिजन क्लबले पनि भाग लिने

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ । फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ ।

युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरू च्यासललगायतका मैदानमा हुनेन् । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ । ‘संगठनले यो प्रतियोगितालाई आफ्नो मुख्य कार्यक्रमका रूपमा स्थापित गर्ने प्रयास गरेको छ,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो संगठनको संस्थापक र भएका नेताहरूमा खेलकुदप्रति चासो र रुची राख्ने भएकाले पार्टी अध्यक्षकै नाममा प्रतियोगिता गर्न लागेका हौं ।

एमबाप्पेले रचे इतिहास, बनाए महत्वपूर्ण कीर्तिमान

पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलविरुद्ध फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले कासलविरुद्ध ७–० गोल अन्तरको जित निकालेकाे हो । पिएसजीको जितमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।

त्यस्तै, नेयमार र कार्लोस सोलरले एक/एक थपे । खेलमा पिएसजीले २९ औं मिनेटमा एमबाप्पेको गोलबाट सुरुआती अग्रता लिएको थियो । ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई दोब्बरको अग्रता दिलाए । ३४ औं मिनेटमा फेरि एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए । ४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका उनले पिएसजीलाई ४–० को फराकिलो अग्रता दिलाए ।

५६ औं मिनेटमा एमबाप्पेकै गोलले पिएसजीले ५–० को अग्रता पायो । ६४औं मिनेटमा कार्लोस सोलरको गोलबाट पिएसजीको अग्रता थप फराकिलो भयो । ७९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत पाँचौं गोल गर्दै पिएसजीलाई ७–० को फराकिलो जित दिलाए । यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् ।

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । पेस डे कासलविरुद्ध अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई खेलाइएको थिएन । यो जितसँगै पिएसजीले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको छ । अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेविरुद्ध खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.