इतिहास रच्दै आज मोर्गन, बन्ने छन् यो ‘कीर्तिमान’ हासिल गर्ने पहिलो इंग्लिश खेलाडी

काठमाडौं : इंग्ल्याण्डका कप्तान इयोन मोर्गन आज आफ्नो १०० औँ अन्तर्राष्ट्रय टी-२० म्याच खेल्दै छन् । उनी आज नरेन्द्र मोदी स्टेडियममा आफ्नो १०० औँ टी–२० म्याच भारतविरुद्ध खेल्ने छन् ।

योभन्दा पहिले शोएब मलिक, रोहित शर्मा, र रोस टेलरले १०० औँ अन्तर्राष्ट्रय टी-२० म्याच खेलेका छन् । मोर्गन आज मैदानमा उत्रिदै यो कीर्तिमान आफ्नो नाममा गर्ने छन् ।

मोेर्गनले आफ्नोे देशका लागि ९९ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलिसकेका छन् । अब उनी भारतविरुद्ध चलिरहेको पाँच टी-२० म्याचको सिरिजको तेस्रो म्याचमा आफ्नो १०० औँ म्याच खेल्ने पहिलो इंग्लिश खेलाडी पनि बन्ने छन् ।

इंग्ल्याण्डका कप्तान मोर्गन १ सय वा त्यसभन्दा बढी अन्तर्राष्ट्रि टी-२० म्याच खेल्ने चौथो खेलाडी बन्ने छन् । उनीभन्दा पहिले शोएब मलिक ११६, रोहित शर्मा, १०८ र रोस टेलरले १०२ म्याच खेलेका छन् ।मोर्गन इंग्ल्याण्डका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रय टी-२० म्याच खेल्ने खेलाडी हुन् ।

त्यस्तै, दोस्रो स्थानमा जोस बटलर रहेका छन् । उनले आजसम्म इंग्ल्याण्डका लाग ७६ टी-२० म्याच खेलि सकेका छन् । एलेक्स हेल्स इंग्ल्याण्डका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रय टी-२० म्याच खेल्ने तेस्रो खेलाडी हुन् । उनले आजसम्म ६० म्याच खेलेका छन् । हेल्स पछिल्लो केहि समयदेखि टिमबाट बाहिरिएका छन् ।

मोर्गनले आजसम्म इंग्ल्याण्डका लागि ९९ औँ अन्तर्राष्ट्रिय टी-२० म्याचको ९४ पारीमा २ हजार ३ सय ६ रन बनाएका छन् । त्यस्तै, उनको नाममा १४ अर्धशतक रहेका छ ।

Loading...