विराट चम्किँदा भारतले दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं : टी-२० क्रिकेट सिरिजको तेस्रो म्याचमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई १ सय ५७ रनको चुनौती दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

उसका लागि आज पनि कप्तान विराट कोहलीले उत्कृष्ट पारी खेले । उनले ४६ बलमा ८ चौका र ४ छक्कासहित ७७ रन बनाए ।

अघिल्लो खेलमा विराटले अविजित ७३ रनको योगदान दिएका थिए ।

त्यस्तै, आज ऋषभ पन्तले २५, हार्दिक पाण्ड्याले १९, रोहित शर्माले १५, श्रेयस अय्यरले ९, इशान किशनले चार रन बनाउँदा केएल राहुल भने शून्यमै आउट भए ।

बलिङमा मार्क उडले तीन र क्रिस जोर्डनले दुई विकेट लिए ।

दुवै टिमले आज प्लेइङ-११ मा एकरएक परिवर्तन गरेका छन् । भारतले सूर्यकुमार यादवको स्थानमा रोहित शर्मा र इंग्ल्याण्डले टम करनको स्थानमा मार्क उडलाई मौका दिएको छ ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनी बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल रशीद र मार्क वुड ।

भारतको प्लेइङ-११ : इशान किशन, रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त (विकेटकीपर), श्रेयस अय्यर, हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार र युजवेन्द्र चहल ।

 

Loading...