भारतविरुद्ध बटलरले रचे इतिहास, बने यो ‘कीर्तिमान’ हासिल गर्ने पहिलो खेलाडी

काठमाडौं- भारतसँगको टी-२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्ड टिमका विकेटकीपर/ब्याट्सम्यान जोश बटलरले इतिहास रचेका छन् ।

इंग्ल्याण्डको तर्फबाट अन्तर्राष्ट्रिय टी-२० मा भारतविरुद्ध सर्वाधिक ठूलो पारी खेल्दै यनले इतिहास रचेका हुन् ।

बटलर अब भारतविरुद्ध टी-२० मा सर्वाधिक ठूलो पारी खेल्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

उनले गएराति भएको सिरिजको तेस्रो खेलमा ५२ बलमा पाँच चौका र चार छक्कासहित अविजित ८३ रन बनाएसँगै यो उपलब्धि हासिल गरे ।

योसँगै अब बटलरले टिम कप्तान इयोन मोर्गनको रेकर्ड तोडेका छन् । यसअघि भारतविरुद्ध टी-२० मा ठूलो पारी खेल्ने कीर्तिमान मोर्गनको नाममा थियो । उनले भारतविरुद्ध ७१ रनको पारी खेलेका थिए ।

बटलरले हालसम्म भारतविरुद्ध १५ टी-२० म्याच खेलेका छन् । जसमा उनले ३४.५५ को औसतमा ३ सय ११ रन बनाएका छन् । बटलरले सो रन १४०.७२ को स्ट्राइक रेटमा बनाएका हुन् ।

भारतविरुद्ध बटलरले हालसम्म २८ चौका र १२ छक्का हिर्काइसकेका छन् । गएराति खेलको ८३ रनको पारी उनको टी-२० करियरकै ठूलो पारी हो ।

यसअघि टी-२० मा उनको उच्च स्कोर अविजित ७७ रन थियो । उनले सो ७७ रनको पारी २०२० मा अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।

यो पनि पढौं : इंग्ल्याण्डविरुद्ध यी ४ कारणले भारत पराजित

Loading...