आईपीएलको फाइनल आज, यस्तो हुनसक्छ दुवैको प्लेइङ-११

काठमाडौं । यूएईमा जारी १४औँ सिजनको आईपीएलको फाइनल आज हुँदैछ। जहाँ चेन्नई सुपर किंग्स (सीएसके) र केकेआर खेल्नेछन्।

यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ। केकेआर तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा मैदानमा उत्रिनेछ। चेन्नई भने चौथो पटक आईपीएलको उपाधि जित्ने सोचमा छ। दुवै टिम सन्तुलित देखिन्छन्।

दुई टोलीबीच एक प्रमुख अन्तर महेन्द्रसिंह धोनीको कप्तानी हो। उनको अनुभव पक्कै यस खेलमा चेन्नई टिमका लागि उपयोगी हुनेछ। केकेआरमा पनि विश्वकप विजेता कप्तान इयोन मोर्गन छन्।

केकेआरका लागि केही खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। शुभमन गिल र वेन्कटेश अय्यरका साथै सुनील नारायणले टिमका लागि योगदान दिइरहेका छन्। कप्तान मोर्गन यस सिजन फर्ममा फर्किन संघर्ष गरिरहेका छन्।

चेन्नईका लागि रुतुराज गायकवाडको खेल हेर्न लायक हुनेछ। उनी उत्कृष्ट फर्ममा छन्। उनीबाहेक फाफ डुप्लेसिस पनि राम्रो खेलिरहेका छन्। मुख्य कुरा दबाब हुनेछ। जो टिम फाइनलको दबाब राम्रोसँग सम्हाल्न सक्छ ऊ नै उपाधि जित्नेछ।

‘हेड टू हेड’मा चेन्नई केकेआरभन्दा बलियो देखिन्छ। चेन्नईले पछिल्ला पाँच खेलमा चार म्याच जितेको छ। यस सिजनका दुवै खेल चेन्नईले जितेको थियो। चेन्नईले पहिलो खेल १८ रन र दोस्रो म्याच २ विकेटले जितेको थियो।

चेन्नईको सम्भावित प्लेइङ–११ : रुतुराज गायकवाड, फाफ डुप्लेसिस, रोबिन उथप्पा, मोइन अली, अम्बाती रायडू, एमएस धोनी (कप्तान/विकेटकिपर), रविन्द्र जडेजा, ड्वेन ब्रावो, शार्दुल ठाकुर, दीपक चाहर र जोश हेजलवुड।

केकेआरको सम्भावित प्लेइङ–११ : शुभमन गिल, वेन्कटेश अय्यर, नीतीश राणा, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकिपर), शकिब अल हसन, सुनील नारायण, लकी फर्ग्युसन, शिवम मावी र वरुण चक्रवर्ती।

Loading...