फाइनलमा चेन्नईसँग हारेपछि यस्तो भन्छन् कप्तान मोर्गन

काठमाडौंः कोलकाता नाइट राइडर्सका कप्तान इयोन मोर्गनले आईपीएल २०२१ मा उपविजेता बनेपछि आफ्नो टोलीको बारेमा सकारात्मक प्रतिक्रिया दिएका छन्।

मोर्गनका अनुसार शुभमन गिल र वेन्टेश अय्यर केकेआरको ब्याटिङको मुख्य आधार थिए। दुबईमा भएको फाइनलमा चेन्नई सुपर किंग्सले पहिले ब्याटिङ गरी २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो। जवाफमा केकेआरको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाउन सक्यो।

सीएसकेसँग २७ रनले पराजित भएपछि मोर्गनले राम्रो फाइट गरेको बताए। उनले टिम मालिकहरूले पनि सहयोग गरेको बताए।

‘हाम्रा खेलाडीहरुले राम्रो खेल खेले। वेन्कटेश अय्यर र शुभमन गिलले उत्कृष्ट प्रदर्शन गरे। वेन्कटेश आईपीएलमा एक नयाँ खेलाडी हुन्,’ मार्गनले भने, ‘तर दुबै खेलाडीहरु दोस्रो लेगमा हाम्रो ब्याटिङको मेरुदण्ड थिए। त्रिपाठीले पछिल्ला तीन खेलमा राम्रो प्रदर्शन गरे। दुर्भाग्यवश उनी फाइनलमा घाइते भएँ।’

अय्यरले केकेआरका लागि शानदार प्रदर्शन गरेका भन्दै कप्तान मोर्गनले युवा ब्याट्सम्यानको प्रशंसा गरे। मोर्गनले भने, ‘वेन्कटेश अय्यरको उज्ज्वल भविष्य छ।’ बायाँ हाते ब्याट्सम्यान अय्यरले १० म्याचमा ३७० रन बनाए। जसमा चार अर्धशतक समावेश छन्।

फाइनलमा भेन्कटेश अय्यरले पहिलो विकेटका लागि शुभमन गिलसँग ९१ रनको साझेदारी गरे। जब दुबै ब्याट्सम्यान खेलिरहेका थिए, यस्तो लाग्थ्यो केकेआरले तेस्रो पटक उपाधि जित्नेछ। तर, जसरी अय्यर शार्दुल ठाकुरको बलमा आउट भए, त्यसपछि खेलको सम्पूर्ण कथा उल्टो भयो।

केकेआरले १७ रन जोड्दा ६ विकेट गुमायो। सुनील नारायण (२), दिनेश कार्तिक (९), साकिब अल हसन (०), राहुल त्रिपाठी (२) र कप्तान इयोन मोर्गन (४) रनमा आउट भए।

Loading...