टी–२० विश्वकपमा आज ओमानविरुद्ध खेल्दै पीएनजी, यस्तो छ सम्भावित–११

काठमाडौंः आईसीसी टी–२० विश्वकप २०२१ आइतबारदेखि सुरु हुँदैछ। क्वालिफायर चरणको पहिलो खेल ओमान र पपुवा न्युगिनीबीच खेल्दै छन्।

यी दुई देशबीचको म्याच नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि अल अमरात क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुवै टिम समूह ‘बी’ मा रहेका छन्। पीएनजीले विश्वकपमा डेब्यू गर्नेछ। दुबै टिम टी–२० विश्वकपमा पहिलो पटक एकअर्का विरुद्ध खेल्दैछन्।

दुवै टिम जितसँगै प्रतियोगिताको सुरुवात गर्न चाहन्छन्। विश्वकप खेल्नुअघि पहिले दुबै टिमले केही अभ्यास खेल खेलेका छन्। ओमानले नामिबिया र नेदरल्याण्ड्सविरुद्ध दुई वटा अभ्यास खेल खेलेको थियो।

जसमा एक जितेको छ। उसले दोस्रो खेलमा हार बेहोर्नु परेको थियो। पपुवा न्युगिनीले दुवै अभ्यास खेलमा पराजय भोगेको थियो। यस्तो स्थितिमा पपुवा न्युगिनीको टिममा केही मानसिक दबाव हुनेछ। उसले आयरल्याण्ड र श्रीलंकाविरुद्ध अभ्यास खेल खेलेको थियो।

टी–२० विश्वकपको पहिलो खेलमा ओमानविरुद्ध पपुवा न्यूगिनीको रणनीति के हुन्छ त्यो भने हेर्न बाँकी छ। ओमान घरेलु मैदानमा खेल्दैछ। त्यसैले उसलाई सजिलो हुनेछ।

ओमानको सम्भावित प्लेइङ–११

जतिन्दर सिंह, आकिब इलियास, कश्यप प्रजापति, मोहम्मद नदीम, जीशान मकसूद (कप्तान), सुरज कुमार (विकेटकिपर), सन्दीप गौड, नसीम खुशी, कलीमुल्लाह, फयाज बट र बिलाल खान।

पपुवा न्यूगिनीको सम्भावित प्लेइङ–११

टोनी उरा, अस्सद भाला (कप्तान), चार्ल्स अमिनी, किप्लिन डोरिगा (विकेटकिपर), सेसे बाउ, नर्मन भानुआ, जेसन किला, साइमन अताई, नोसाना पोकाना, चाड सोपर र डेमियन रावु।

Loading...