पोखराका नितेशले जिते IPL को ग्लोबल फेन्टासी

काठमाडौंः १४औँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को ग्लोबल फेन्टासी नेपाली युवा नितेश रेग्मीले जितेका छन्। दुबईमा शुक्रबार सकिएको आईपीएलको फेन्टासी पोखराका नितेशले जितेका हुन्।

नितेशले ग्लोबल फेन्टासी जितेको आफैंले फेसबुकमार्फत् जानकारी गराएका छन्। १३ लाख ५९ हजार बढी प्रतिस्पर्धीलाई उछिन्दै नितेशले आईपीएलको फेन्टासी जित्न सफल भएका हुन्।

‘एरोप्लेन सट’ नाम लिएर खेलेका नितेशले २२ हजार ३ सय ९५ पोइन्ट प्राप्त गरे। उनलाई पछ्याएका ‘नोउस–११’ ले २१ हजार ९७५ अंक पाए। नितेशले आईपीएलको साइन्ड जर्सी, ब्याट तथा अन्य उपहारसँगै भिभोको मोबाइल फोन प्राप्त गर्नेछन्।

यस सिजनको आईपीएलको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। फाइनलमा केकेआरलाई २७ रनले हराउँदै चौथो पटक चेन्नईले आईपीएलको उपाधि जितेको हो।

Loading...