टेष्ट क्रिकेटमा मोइन अलीले हासिल गरे नयाँ उपलब्धि

काठमाडौं  : भारतसँगको दोस्रो टेष्टमा टिम ३ सय १७ रनले पराजित भए पनि इंग्लिश अलराउन्डर मोइन अलीले भने दोस्रो इनिङ्समा विस्फोटक ब्याटिङ गरे ।

इंग्ल्याण्डले दोस्रो टेष्टका लागि ४८२ रनको कीर्तिमानी लक्ष्य पाएको थियो । तर, इंग्ल्याण्ड १६४ रनमै अलआउट हुन पुग्यो । जसमा उनले सर्वाधिक ४३ रन बनाए ।

मोइनले १८ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ४३ रनको योगदान दिए । सो क्रममा उनको स्ट्राइक रेट २३८.८९ को रहेको थियो ।

टिमले फराकिलो हार ब्यहोरे पनि अन्तिममा मोइनले दर्शकलाई मनोरञ्जन दिलाएका थिए । आक्रामक ब्याटिङ गरेका उनले नयाँ उपलब्धि पनि हासिल गरेका छन् ।

उनले टेष्टमा इंग्ल्याण्डका लागि ८७ वर्षपछि लगातार ३ बलमा ३ छक्का प्रहार गर्ने उपलब्धि हासिल गरेका हुन् ।

उनले आफ्नो आक्रामक पारीमा ५ छक्का हिर्काएका थिए । जसमा उनले ३ छक्का लगातार ३ बलमा हिर्काएका हुन् । मोइनले दोस्रो पारीको ५२ औँ ओभरमा अक्षर पटेलको ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा छक्का प्रहार गरे ।

यसअघि टेष्टमा टेष्टमा इंग्ल्याण्डका लागि सन् १९३३ मा वाली हमन्डले ३ बलमा लगातार ३ छक्का हिर्काएका थिए । अब मोइन ३ बलमा ३ छक्का हिर्काउने दोस्रो खेलाडी बनेका छन् ।

Loading...