यी ५ नेपाली बलर : जसले सर्वाधिक ‘मेडन ओभर’ फ्याँके

काठमाडौं– नेपालले एकदिवसीय मान्यता पाएको धेरै भएको छैन । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको धेरै अनुभव नभए पनि नेपालले छोटो समयमा यो प्रारूपमा प्रभावित पारिरहेको छ ।

हालसम्म एकदिवसीय क्रिकेटमा नेपाली खेलाडीले विभिन्न उपलब्धि हासिल गरेका हुन् । कुनै नेपाली खेलाडीले त विश्वकीर्तिमान नै बनाएका छन् ।

यसैबीच, आज हालसम्म नेपालको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक मेडन ओभर फाल्ने ५ बलरको चर्चा गर्दैछौँ :

१. सन्दीप लामिछाने

नेपालका लागि वानडे क्रिकेटमा सर्वाधिक मेडन ओभर फाल्ने सूचीको शीर्ष स्थानमा सन्दीप लामिछानेको नाम आउँछ । उनले हालसम्म १६ एकदिवसीय खेल खेलेका छन् ।

जसमा सन्दीपले सर्वाधिक १३ ओभर मेडन फालेका छन् । उनले वानडे क्रिकेटमा आजसम्म ४१ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सन्दीपको सर्वश्रेष्ठ प्रदर्शन ६ विकेट लिएर मात्र ११ रन दिनु हो ।

२. करण केसी

यो सूचीको दोस्रो स्थानमा अलराण्डर करण केसीको नाम आउँछ । उनले हालसम्म १४ एकदिवसीय म्याच खेलेका छन् ।

जसमा करणले ९ मेडन ओभर फ्याकेका छन् । उनले एकदिवसीय क्रिकेटमा नेपालका लागि २१ विकेट लिएका छन् । करणको अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा उत्कृष्ट प्रदर्शन ४ विकेट लिएर १५ रन खर्चिनु हो ।

३. सोमपाल कामी

नेपालका लागि वानडे क्रिकेटमा सर्वाधिक मेडन ओभर फाल्ने सूचीको तेस्रो स्थानमा चर्चित अलराण्डर सोमपाल कामीको नाम आउँछ । उनले आजसम्म १२ वानडे म्याच खेलेका छन् ।

जसमा सोमपालल आठ मेडन ओभर फालेका छन् । उनले वानडे क्रिकेटमा १५ विकेट हात पारेका छन् । सोमपालको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वश्रेष्ठ प्रदर्शन ५ विकेट लिएर ३३ रन खर्चिनु हो ।

४. सुशान भारी

यो सूचीको चौथो स्थानमा स्पिनर बलर सुशान भारीको नाम आउँछ । उनले राष्ट्रिय टिमका लागि हालसम्म ९ वानडे म्याच खेलेका छन् ।

जसमा भारीले पाँच मेडन ओभर फालेका छन् । उनले हालसम्म १५ वानडे विकेट लिएका छन् । भारीको अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा सर्वश्रेष्ठ प्रदर्शन चार विकेट लिएर पाँच रन दिनु हो ।

५. कुशल मल्ल

राष्ट्रिय टिमका लागि वानडे क्रिकेटमा सर्वाधिक मेडन ओभर फाल्ने सूचीको पाँचौ स्थानमा युवा अलराण्डर कुशल मल्लको नाम आउँछ । उनले हालसम्म आठ वानडे म्याच खेलेका छन् ।

जसमा मल्लले तीन मेडन ओभर फालेका छन् । उनले नेपालका लागि हासम्म सात विकेट लिएका छन् । मल्लको अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा सर्वश्रेष्ठ प्रदर्शन दुई विकेट लिएर १९ रन खर्चिनु हो ।

Loading...