चौका/छक्काको वर्षा गर्दै सचिन, पूरा गरे उत्कृष्ट अर्धशतक

काठमाडौं- भारतमा जारी रोड सेफ्टी वर्ल्ड टी-२० सिरिजको सेमिफाइनल खेलमा वेष्ट इण्डिज लेजेन्ड्सविरुद्ध भारतीय टिमका कप्तान सचिन तेन्दुलकरले उत्कृष्ट अर्धशतक बनाएका छन् ।

उनले ३६ बलमा ६ चौका र एक छक्कासहित अर्धशतक बनाएका हुन् । जारी सिरिजमा सचिनको यो दोस्रो अर्धशतक हो ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म १४ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाएको छ ।

यो अवस्थामा सचिन ६५  र युसूफ पठान ९ रन बनाएर खेलिरहेका छन् ।

Loading...