सचिन, युवराज र पठानले गरे छक्काको वर्षा, भारतले दियो विशाल लक्ष्य

काठमाडौं- भारतमा जारी रोड सेफ्टी वर्ल्ड टी-२० सिरिजको सेमिफाइनल खेलमा भारत लेजेन्ड्सले वेष्ट इण्डिज लेजेन्ड्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १८ रन बनायो ।

 

उसका लागि कप्तान सचिन तेन्दुलकरले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ६ चौका र तीन छक्कासहित ६५ रन बनाए ।

आज पनि युवराज सिंहले आक्रामक ब्याटिङ गरे । उनले २० बलमा ६ छक्का र एक चौकासहित अविजित ४९ रनको योगदान दिए ।

वीरेन्द्र सहवाग १७ बलमा पाँच छक्का र एक चौकासहित ३५ बलमा आउट भए । त्यस्तै, युसूफ पठानले २० बलमा तीन छक्का र २ चौकासहित नटआउट ३७ रन बनाए ।

 

मोहम्मद कैफले २१ बलमा दुई छक्का र दुई चौकासहित २७ रनको योगदान दिए । बलिङमा टिनो बिस्टले सर्वाधिक दुई विकेट लिए ।

Loading...