भारतले २ वर्षयता गुमाएको छैन सिरिज, जित्नैपर्ने खेलमा यस्तो हुन सक्छ प्लेइङ-११

काठमाडौं- भारत र इंग्ल्याण्ड पाँच खेलको टी-२० सिरिजअन्तर्गत आज चौथो म्याच खेल्दैछन् । चौथो टी-२० पनि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

दुवै टिमको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा इंग्ल्याण्डले २-१ ले अग्रता बनाएको छ । यदि आजको म्याच जिते इंग्ल्याण्डले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ ।

सिरिजमा जीवित रहन भारतले बिहीबार खेल जित्नैपर्ने हुन्छ ।

पछिल्लो दुई वर्षयता भारतले टी-२० सिरिज गुमाएको छैन । भारतले अन्तिम पटक २०१९ मा अष्ट्रेलिया विरुद्धको टी-२० सिरिज गुमाएको थियो । त्यसपछि भारतले लगातार ६ टी-२० सिरिज जितेको छ ।

भारत दोस्रो खेलमा विजयी हुँदा पहिलो र तेस्रो म्याचमा भने पराजित भएको थियो । दुवै खेलमा भारत आठ/आठ विकेट पराजित भएको थियो ।

भारत प्लेइङ-११ मा सामान्य परिवर्तन गर्ने अनुमान गरिएको छ । इएसपीएनक्रीकइन्फोले आज भारतले ओपनिङमा रोहित शर्मा र इशान किशनलाई मौका दिने उल्लेख गरेको छ ।

आज राहुललाई विश्राम दिएर तल्लो क्रममा सूर्यकुमार यादवलाई भारतले प्लेइङ-११ मा समावेश गर्न सक्छ । सूर्यले दोस्रो टी-२० मा डेब्यू गरेका थिए । यद्यपि सो म्याचमा उनले ब्याटिङको मौका पाएनन् ।

इंग्ल्याण्डले भने आजको खेलमा प्लेइङ-११ मा परिवर्तन गर्ने सम्भावना नरहेको क्रीकइन्फोले जनाएको छ ।

क्रीकइन्फोले छानेको इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, आदिल रशिद, मार्क वुड, क्रिस जोर्डन र जोफ्रा आर्चर ।

क्रीकइन्फोले छानेको भारतको सम्भावित प्लेइङ-११ : रोहित शर्मा, इशान किशन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), सूर्यकुमार यादव हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, युजवेन्द्र चहल र भुवनेश्वर कुमार ।

Loading...