यी युवा बलरको बलमा धोनी बोल्ड! (भिडियोसहित)

काठमाडौं- आईपीएल २०२१ को सिजनमा पनि केही नयाँ अनुहार देखिने छन् । अक्सनबाट आठ वटै टिमले प्रतिभावान् युवा खेलाडीलाई अनुबन्ध गरिसकेका छन् ।

आईपीएलका सर्वाधिक सफल टिममध्ये चेन्नई सुपर किंग्स (सीएसके)ले पनि केही प्रतिभावान् युवा खेलाडीलाई टिममा समावेश गरेको छ । चेन्नईले अभ्याससमेत थालिसकेको छ ।

अभ्यासका क्रममा चेन्नईमा पहिलो पटक अक्सनबाट अनुबन्ध भएका २२ वर्षीय तीव्र गतिका बलर हरिशंकर रेड्डीले प्रभावित पारेका छन् । उनले अभ्यासका क्रममा टिम कप्तान महेन्द्रसिंह धोनीलाई ‘बोल्ड’ गरेर प्रभावित बनाएका हुन् ।

अहिले रेड्डीले धोनीलाई बोल्ड गरेको भिडियो भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ बलरले धोनीको लेग स्टम्प उडाएका छन् ।

रेड्डीलाई चेन्नईले २० लाख बेस प्राइसमा टिममा अनुबन्ध गरेको थियो ।

उनले सन् २०१८ मा आन्ध्र प्रदेशको टिमबाट टी-२० मा डेब्यू गरेका थिए । हालसम्म रेड्डीले १३ टी-२०, पाँच लिस्ट ‘ए’ म्याच खेल्दा उनले २७ विकेट लिएका छन् ।

अभ्यास म्याचमा प्रभावित पारेका रेड्डीले आईपीएल २०२२ मा डेब्यू गर्ने सम्भावना छ । चेन्नईका कप्तान धोनीसहित, सुरेश रैना, अम्बाती रायडूलगायतले अभ्यास थालिसकेका छन् ।

सीएसकेको पूर्ण टिम : महेन्द्रसिंह धोनी (कप्तान), सुरेश रैना, अंबाती रायडू, एन जगदीसन, फाफ डू प्लेसी, ऋतुराज गायकवाड़, साम करन, रवीन्द्र जडेजा, ड्वेन ब्रावो, मिचेल सान्टनर, जोश हेजलवुड, शार्दुल ठाकुर, कर्ण शर्मा, केएम आसिफ, इमरान ताहिर, आर साई किशोर, दीपक चाहर, लुंगी एनगिडी, रोबिन उथप्पा, कृष्णप्पा गौतम, मोईन अली, चेतेश्वर पुजारा, के भगत वर्मा, सी हरी निशांत र हरिशंकर रेड्डी ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

Loading...