पाकिस्तानलाई हराएर विश्वकप फाइनलमा पुगेपछि यस्तो भन्छन् फिन्च

काठमाडौं– पकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रोपटक टी-२० विश्वकपमा पुगेपछि अष्ट्रेलिया टिममा कप्तान आरोन फिन्चले प्रतिक्रिया दिएका छन् । उनले म्याथ्यू वेड र मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङले टिम फाइनल पुगेको प्रतिक्रिया दिएका हुन् ।

‘वेड र स्टोइनिसले छैटौँ विकेटको लागि उत्कृष्ट साझेदारी गरे । उनीहरूले पाकिस्तानको पक्षमा गइरहेको म्याच अष्ट्रेलियाको पक्षमा ल्याए । र, टिमलाई उत्कृष्ट जित दिलाए । यो प्रदर्शन देख्न पाउँदा म निकै खुसी छु,’ फिन्चले म्याच सकिएपछि प्रेस कन्फरेन्समा भने ।

उनले फाइनलमा न्यूजिल्याण्डविरुद्ध थप योजनाका साथ खेल्ने पनि बताए । ‘उपाधि जित्नका लागि हामीले अब एक म्याच राम्रो खेल्नुछ । आइताबार फाइलमा न्यूजिल्याण्डविरुद्ध राम्रो खेल्न पूरा कोसिस गर्नेछौं । उपाधि जित्न हामी केही नयाँ रणनीतिका साथ मैदान उत्रिने छौं,’ फिन्चले भने ।

Loading...