नेपालको टी–२० वरियतामा सुधार

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ टी-२० वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

नयाँ वरियतामा नेपाल १३ औँबाट १२ औँ स्थानमा उक्लिएको हो । वरियतामा नेपालले टेष्ट मान्यता देश आयरल्याण्डलाई पछि पारेकाे छ । नेपालको १९ खेलमा ३ हजार पाँच सय ५६ पोइन्ट जोडेको छ ।

नेपालले अन्तिमपटक वैशाखमा घरेलु मैदानमा मलेसिया र नेदरल्याण्डसँग टी-२० श्रृंखला खेलेको थियो । त्यसयता नेपालले कुनै पनि टी-२० प्रतियोगिता खेलेको छैन । म्याच नखेले पनि नेपालले वरियतामा भने सुधार गरेको छ ।

नेपालभन्दा पछाडि आयरल्याण्ड, स्कटल्याण्ड, यूएई, नामिबिया, ओमान, नेदरल्याण्डलगायत टोली छन् । नयाँ वरियतामा पनि इंग्ल्याण्ड शीर्ष स्थानमा कायमै छ । भारत वरियताको दोस्रो स्थानमा छ ।

त्यस्तै, पाकिस्तान तेस्रो, न्यूजिल्याण्ड चौथो, दक्षिण अफ्रिका पाँचौ, अष्ट्रेलियाका छैटौँ, अफगानिस्तान सातौँ, बंगलादेश आठौँ, श्रीलंका नवौँ र वेष्ट इण्डिज दशौँ स्थानमा छन् । वरियताको ११ औँ स्थानमा जिम्बाब्वे छ ।

Loading...