यी भारतीय डाक्टर : जसले आईसीयूमा भर्ना भएका रिजवानलाई दुई दिनमै निको बनाए

काठमाडौं– ‘मलाई खेल्नु छ, टिमको साथ रहनुछ,’ टी-२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलअन्तर्गत अष्ट्रेलियाविरुद्ध खेल्नुअघि पाकिस्तानी विकेटकीपर/ब्याटर मोहम्मद रिजवानले डाक्टरसँग भनेका थिए । आईसीयू भर्ना हुनुअघि रिजवानले सो कुरा भारतीय डाक्टरसँग भनेका हुन् ।

शीरमा भएको इन्फेक्सनका कारण उनलाई आईसीयू भर्ना गरिएको थियो । सो बेला उनको उपचार भारतीय डाक्टर शाहीर साइनालबदीनले गरेका थिए । उनले रिजवानलाई चामत्कारिकरूपमा निको बनाए । शहीरले भनेका छन्, ‘रिजवानले खेल भावना र ठूलो म्याचमा टिमको साथ मैदानमा खेल्ने साहस देखाए । उनको सो साहसले पनि सन्चो हुन मद्दत गर्‍याे ।’

शाहीर दुबईको मेडेओर अस्पतालमा दुई दिनसम्म रिजवानको उपचारमा संलग्न थिए । रिजवानसँगको दुई दिन सम्झदै शाहिरले भनेका छन्, ‘उनमा खेल्ने चाहना तीव्र छ । रिजवान मजबुद, प्रतिबद्ध र विश्वासले भरिएका छन् । उनी सन्चो भएको गति देख्दा म अचम्ममा परिरहेको छु ।’

रिपोर्टका अनुसार रिजवानलाई ज्वरो, खोकी र शीरमा भारी महसुस भएको थियो । जसकारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।

‘भर्ना हुने बेला रिजवानलाई ज्वरो आएको थियो । हामीले स्थितिअनुसार परीक्षण पनि गर्‍याैं । परीक्षणपछि नतिजामा उनमा गम्भीर स्वरयन्त्र संक्रमण देखियो । जसकारण ग्रासनलीमा ऐंठन र ब्रोन्कोस्पास्म भएको थियो । जो अन्नप्रणालीको भित्र मांसपेशीको दर्दनाक संकुचन हो,’ डाक्टर शाहिरले भने ।

डाक्टरका अनुसार सामान्यतया रिजवानलाई भएको समस्या निको हुन एक साता लाग्छ । तर, उनी दुई दिनमै निको भए । यति छिटो निको हुनमा उनमा भरिएको आत्मविश्वास नै रहेको डाक्टर शाहिरले बताए ।

रिजवानले सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध उत्कृष्ट पारी खेलेका थिएन । उनले सो खेलमा ५२ बलमा चार छक्का र तीन चौकासहित ६७ रन बनाए ।

रिजावनको उत्कृष्ट पारीका बाबजुद पाकिस्तान अष्ट्रेलियासँग ५ विकेटले पराजित हुन पुग्यो । याे विश्वकपमा पाकिस्तानले ६ म्याच खेल्दा केवल एक खेल मात्र हार्‍याे । उसले भारत, न्यूजिल्यान्ड जस्तो बलियो टोलीलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।

Loading...