न्यूजिल्याण्डविरुद्ध फिल्डिङ गर्दै भारत, प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन

काठमाडौं । न्यूजिल्याण्डसँगको टी–२० श्रृंखलाको दोस्रो खेलमा पनि भारतले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल ७ः१५ बजेदेखि राचीमा सुरु हुनेछ ।

आजको खेलमा भारतले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले मोहम्मद सिराजको स्थानमा हर्षल पटेलले एक खेलाडी मौका दिएको छ । उनको यो डेब्यू म्याच हो ।

न्यूजिल्याण्डले भने प्लेइङ ११ मा तीन खेलाडी परिवर्तन गरेको छ । उसले आज एडम मिल्ने, इश सोधीर जीमी नीशमलाई मौका दिएको छ ।

पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई ५ विकेटले हराएको थियो । उसको लक्ष्य आज एक खेल अगावै सिरिज जित्ने हुनेछ । न्यूजिल्याण्ड भने सिरिज जोगाउन जित्नैपर्ने दबाबमा छ ।

यो सिरिजमा दुवै टिममा नयाँ कप्तान छन् । भारतीय टिममा रोहित शर्माले पूर्णकालिन कप्तानी पाएका छन् । न्यूजिल्याण्डले केन विलियम्सनको अनुपस्थितिमा टिम साउदीलाई कप्तानीको जिम्मा दिएको छ ।

भारतको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), केएल राहुल, सूर्यकुमार यादव, श्रेयस अय्यर, ऋषभ पन्त, वैंकटेश अय्यर, अक्षर पटेल, आर अश्विन, भुवनेश्वर कुमार, दीपक चाहर र हर्षल पटेल ।

न्यूजिल्याण्डको प्लेइङ-११ : मार्टिन गुप्टिल, डेरिल मिचेल, मार्क च्यापम्यान, ग्लेन फिलिप्स, टिम सेफर्ट (विकेटकीपर), जेम्स नीशम, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी (कप्तान), एडम मिल्ने र ट्रेन्ट बोल्ट ।

Loading...