डिभिलियर्सले अचानक सबै क्रिकेटबाट संन्यास लिएपछि यस्तो भन्छन् म्याक्सवेल

काठमाडौं– विश्व क्रिकेटका एक हस्ती एबी डिभिलियर्सले शुक्रबार सम्पूर्ण क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले ३७ वर्षको उमेरमा सबै क्रिकेटबाट संन्यास लिएका हुन् ।

अब डिभिलियर्स लिगमा पनि देखिने छैनन् । धेरैले डिभिलियर्सकै ब्याटिङ हेरेर क्रिकेटर बन्ने सपना बोके । केहीले त्याे सपना पूरा पनि गरे । डिभिलियर्सले आज संन्यास लिने निर्णय सुनाएसँगै उनका समर्थक निराश भएका छन् ।

निराश हुनेमा ग्लेन म्याक्सवेल पनि एक हुन् । डिभिलियस म्याक्सवेलभन्दा धेरै जेठो होइनन् । तर, पनि म्याक्सवेल उनलाई आफ्नो आइडल मान्छन् । डिभिलियर्स/म्याक्सवेल दुवै आक्रामक ब्याटिङ गर्न रुचाउँछन् ।

पछिल्लो सिजनको आईपीएल पनि यी दुई स्टारले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बाट खेलेका थिए । जहाँ दुवैले राम्रो प्रदर्शन पनि गरे ।

आफ्नो आइडल डिभिलियर्सले सम्पूर्ण क्रिकेटबाट संन्यास लिने घोष्णा गरेपछि म्याक्सवेलले पनि प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् ।

‘मलाई खुसी लाग्यो कि मैले महान् खेलाडीहरूमध्ये एक एबी डिभिलियर्ससँगै खेल्न पाए, उहाँसम्म सँगै फिल्डिङ गरे । उहाँँसँगको सहकार्य निकै अद्भुत रह्यो,’ म्याक्सवेलले ट्वीटरमा लेखेको छन्, ‘डिभिलियर्सले क्रिकेट खेल्ने तरिका नै बदलिदिनुभयो । उहाँ लेजेन्ड हुनुहुन्छ ।’

डिभिलियर्सले संन्यास लिएपछि भारतीय टेष्ट र वानडे टिमका कप्तान विराट कोहलीले प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनको संन्यासबारे प्रतिक्रिया जनाएका हुन् ।

‘तपाईंले आरसीबीलाई सबै कुरा दिनुभएको छ । र, मलाई यो मेरो हृदयमा थाह छ । तपाईंले यो फ्रान्चाइजी र मलाई के भन्न खोज्नु भएको छ शब्दमा राख्न सकिँदैन,’ विराटले फेसबुकमा लेखेका छन्, ‘चिन्नास्वामी स्टेडियमले तपाइँको लागि जयजयकार गर्न छुटाउनेछ । र, म तपाइँसँग खेल्न छुट्नेछु मेरो ब्रोदर । म तिमीलाई माया गर्छु । र, म सधैं तपाईंको प्रशंसक हुनेछु ।’

Loading...