दक्षिण अफ्रिकाका यी बलर : जसले एकै पारीमा लिए १० विकेट

काठमाडौं– दक्षिण अफ्रिाकाका स्पिनर सेन व्हाइटहेडले प्रथम श्रेणीको क्रिकेटको एकै इनिङ्समै १० विकेट लिएका छन् ।

उनले पहिलो इनिङ्समा नै १० विकेट लिएका हुन् । दक्षिण पश्चिमी डिस्ट्रिक्ट्सबाट खेलिरहेका सेनले इस्टर्न स्टर्मविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।

स्लो लेफ्ट आर्मर व्हाइटहेडले ३६ रन दिएर १० विकेट लिएका हुन् । उनकोे घातक बलिङमा इस्टर्न स्टर्म ६५ रनमै अलआउट भयो ।

सेनले दुईलाई वोल्ड, तीनलाई एलबीडब्लू, चार ब्याटरलाई क्याच आउट गराएका हुन् । उनको यो प्रदर्शन दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा हालसम्मकै उत्कृष्ट हो ।

२४ वर्षीय व्हाइटहेडले सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकपमा दक्षिण अफ्रिकाको टोलीबाट खेलिसकेका छन् ।

Loading...