यूएईसँग नेपालका हार्नुका कारण

काठमाडौं– आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ ।

६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ ।

ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रह्यो । हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसंग पराजित हुन पुग्यो । ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो ।

आइतबार हुने खेलमा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल तेस्रो हुनेछ । यो नतिजा आएमा दोस्रो हुनेमध्ये उत्कृष्ट रहेर ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना पनि समाप्त हुनेछ ।नेपालले अहिलेसम्म ग्लोबल क्वालिफायर पुगेको छैन ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएपछि युएईले ५ विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल दुई बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रनमै अलआउट भयो । नेपालको लागि इन्दु बर्माले १५ र सीता राना मगरले १३ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउनसमेत सकेनन् । सीताले ३ तथा इन्दु र काजलले १/१ चौका प्रहार गरेका थिए ।

लगातार ओपनिङ जोडीमा परिवर्तन गरिरहेको नेपालले युएईविरुद्ध इन्दु बर्मा र कविता कुँवरलाई ओपनिङ गराएको थियो । नेपालको इनिङ्स सुरुवात गर्दै आएका सीता राना मगर र काजल श्रेष्ठले क्रमश : चौथो र छैटौं नम्बरमा ब्याटिङ गरेका थिए ।

नेपाललाई अलआउट गर्न युएईका समाइरा धर्नीखर्कले ४ ओभरमा ५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिइन् । यस्तै खुशी शर्मा र चामानी सेनेभिरत्नले २-२ विकेट लिए ।

त्यसअघि चामानीकै अर्धशतकमा युएईले १२७ रनको स्कोर बनाएको थियो । चामानीले ३६ बल खेल्दै ७ चौका प्रहार गरेर सर्वाधिक ५२ रन बनाएकी थिइन् । यस्तै, थिर्था सतिसले ४७ र काभिस एगोडेजले २२ रन जोडे । नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता मगर र संगिता राईले १-१ विकेट लिए ।

यूएईसँग नेपालका हार्नुका कारण

कमजोर फील्डिङ

टस जितेर नेपालले बिहानीको ओसिलो मैदानमा फील्डिङ गर्ने निर्णय गरेको थियो। तर टोलीका खेलाडीहरूले त्यसको फाइदा उठाउन सकेनन्। यूएईले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२७ रनको विशाल स्कोर बनायो।

पहिलो ओभरमै सरिता मगरले ईशा ओझालाई बोल्ड गर्दा नेपालले राम्रो खेल्छ कि भन्ने लागेको थियो। तर त्यसपछि भने नेपाली खेलाडीहरू लयमा देखिएनन्। विपक्षी बोर्डमा यति धेरै रन बन्नुमा नेपाली खेलाडीहरूको कमजोर फील्डिङ प्रमुख कारण भएको देखियो।

यूएईकी भरपर्दा ओपनर तीर्था सतीशले अविजित ४७ रन बनाइन्। सो क्रममा उनले दुई पटक जीवनदान पाएकी थिइन्।

तेह्र ओभरको खेल चलिरहेको बेला ३२ रनमा खेलिरहेकी तीर्थाको क्याच सरिता मगरले फुत्काउन पुगेकी थिइन्।

अठारौँ ओभरमा उनी सरिता रानामगरको बलमा बोल्ड हुनुअघि तीर्थाले टोलीलाई १११ रनको सुरक्षित स्कोरतिर लान सफल भइसकेकी थिइन्।

अर्को ओभरमा रनको खाता खोल्न नसकेकी बेला चामिनी सेनेभीरत्नको क्याच लङअनमा कविता जोशीले छोडेकी थिइन्। उनै चामिनीले अन्तिम ओभरसम्म खेलेर ३६ बलमा ५२ रन बनाइन्।

फील्डिङमा निकै कमजोर देखिएका नेपाली खेलाडीहरूले मैदानमा रन रोक्न नसक्दा झन्डै २० रन बढी स्कोर बोर्डमा चढेको थियो। कभिसा इगोडागले २२ रन बनाएकी थिइन्।

ब्याटिङमा पनि देखिएन लय

महत्त्वपूर्ण खेलमा नेपालको ब्याटिङ पनि कमजोर देखियो। जारी प्रतियोगितामा नेपालबाट सबैभन्दा राम्रो ब्याटिङ गरिरहेकी सीना रानामगर तेस्रो ओभरमा आउट भएसँगै नेपाली ब्याटिङ स्थिर रहन सकेन।

उनले तीन चौकाको सहयोगले आठ बलमा १३ रन बनाएकी थिइन्। कप्तान रुविना क्षेत्री दुई रन, कविता कुँवरले चार रन र अर्की भरपर्दी खेलाडी इन्दु बर्माले १५ रन बनाएर आउट भएपछि खेल यूएईको नियन्त्रणमा पुग्यो।

त्यसपछि लगातार जसो नेपाली विकेट खस्न थाल्यो। सरिता मगर र काजल श्रेष्ठले आठ/आठ रन जोडे। दुवैलाई समिरा धरनिधरकाले बोल्ड गरेकी थिइन्। त्यस्तै अप्सरी बेगमले चार र कविता जोशीले एक रन बनाए। सीता र इन्दुबाहेक कुनै खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन्।

नेपाली टोली १९.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो। समिराले यूएईको तर्फबाट सबैभन्दा बढी चार विकेट लिइन्।

Loading...