केएललगत्तै विराट पनि आउट, चलेन आज ब्याट

 

काठमाडौं- इंग्ल्याण्डसँगको टी-२० सिरिजको चौथो खेलमा भारतीय टिमका कप्तान विराट कोहली सस्तैमा आउट भएका छन् । उनी आज एक रनमै आउट भएका हुन् ।

यसअघि लगातार दुई खेलमा अर्धशतक बनाएका कोहलीलाई आज भने आदिल रसिदले एक रनमै आउट गरे । उनी आउट भएको अघिल्लो ओभरमा मात्र केएल राहुल १६ रनमा आउट भएका छन् ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म ९ ओभरमा ३ विकेट गुमाएर ७० न बनाएको छ ।

इंग्ल्याण्डले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।

जारी सिरिजमा इंग्ल्याण्डले २-१ ले अग्रता बनाएको छ । यदि आजको म्याच जिते इंग्ल्याण्डले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ ।

सिरिजमा जीवित रहन भारतले बिहीबार खेल जित्नैपर्ने हुन्छ ।

भारत दोस्रो खेलमा विजयी हुँदा पहिलो र तेस्रो म्याचमा भने पराजित भएको थियो । दुवै खेलमा भारत आठ/आठ विकेट पराजित भएको थियो ।

भारतले भने प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले युजवेन्द्र चहलको स्थानमा राहुल चाहर र इशान किशनको स्थानमा सूर्यकुमार यादवलाई मौका दिएको छ ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, आदिल रशिद, मार्क वुड, क्रिस जोर्डन र जोफ्रा आर्चर ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, राहुल चाहर र भुवनेश्वर कुमार ।

Loading...