सूर्यकुमारले पूरा गरे रोहितको भविष्यवाणी!

काठमाडौं- गएराति नरेन्द्र मोदी स्टेडियममा सम्पन्न भएको इंग्ल्याण्डविरुद्धको चौथो टी-२० म्याचमा आफ्नो दोस्रै म्याच खेलिरहेका सूर्यकूमार यादवले शानदार अर्धशतक बनाएका छन् ।

उनले सो पारीमा ३१ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५७ रनको बहुमूल्य पारी खेलेर आउट भए ।

सूर्यकुमारले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात शानदार गरेका छन् । उनले आफ्नो दोस्रो पारीको पहिलो म्याचमा शानदार ब्याटिङ गरेका छन् ।

सूर्यको यो शानदार पारीले गर्दा भारतले इंग्ल्याण्डलाई विशाल लक्ष्य दिएको थियो । उनी आफ्नो म्याचमै ‘म्यान अफ द म्याच’ पनि चुनिएका छन् ।

सूर्यकुमारले आफ्नो डेब्यू म्याचमा ब्याटिङ गर्ने मौका पाएका थिएनन् । आईपीएल र घरेलू क्रिकेटमा शानदार प्रदर्शन गरेपछि उनले अन्तर्राष्ट्रि टी-२० क्रिकेटमा डेब्यू गर्ने मौका पाएका हुन् ।

२०११ मा भारतीय टिमका उपकप्तान रोहित शर्माले सूर्यकुमारकोे भविष्यवाणी गरेका थिए ।

रोहितले १०११ डिसेम्बर १० मा ट्वीट गर्दै लेखेका थिए । ‘ शानदार क्रिकेटर आउँदै छन् । भविष्यमा मुम्बईका सूर्यकूमारमाथि सबैको नजर रहने छ ।’ सूर्यकुमारले आफ्नो पहिलो म्याचमै शानदार ब्याटिङ गरेपछि अहिले रोहितले १० वर्ष अगाडि गरेको यो ट्वीट सोशल मिडियामा भाइरल भइरहेको छ ।

Loading...