अफगानिस्तानले दियो विशाल लक्ष्य, नाबीको आक्रामक ब्याटिङ

काठमाडौं : टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा अफगानिस्तानले जिम्बाब्वेलाई १ सय ९४ रनको चुनौती दिएको छ ।

यूएईमा जारी सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

उसका लागि अलराउन्डर मोहम्मद नाबीले आक्रामक ब्याटिङ गरे । उनले १५ बलमा चार चौका र २ छक्कासहित २६६ को स्ट्राइक रेटमा ४० रन बनाए ।

त्यस्तै, करिम जनत ५३, उश्मान घानी ४९, नजीबुल्लाह जर्दान १२ रनमा आउट भए । कप्तान अश्घर अफगानले अविजित १४ रन जोडे । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा ब्लेसिङ मुजराबानीले सर्वाधिक दुई विकेट लिए । तीन खेलको सिरिजमा अफगानिस्तानले १-० ले अग्रता बनाएको छ ।

Loading...