द. अफ्रिकालाई हराउँदै श्रीलंका फाइनलमा, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा

काठमाडौं- श्रीलंका लेजेन्ड्स टिम भारतमा जारी रोड सेफ्टी वर्ल्ड टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई ८ विकेटले हराउँदै श्रीलंका फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनल म्याचमा दक्षिण अफ्रिकाले दिएको १ सय २६ रनको लक्ष्य १७.२ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका लागि चिन्थाक जयसिंघेले ४७, उपल थरंगाले अविजित ३९, कप्तान तिलकरत्ने दिलशान र सनथ जयसूर्याले १८/१८ रन बनाए ।

बलिङमा माखाया एन्टिनी र अल्भिरो पीटरसनले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनायो ।

उसका लागि मोर्नेभान विकले ५३, अल्भिरो पीटरसनले २७, जस्टिन केम्पले १५ रन बनाए ।

नुवान कुलसेकराले घातक बलिङ गर्दा दक्षिण अफ्रिकाका बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

उनले चार ओभरमा २५ रन दिएर पाँच विकेट लिए ।

त्यस्तै, सनथ जयसूर्या, कौशल्या वीररत्ने र फरविज महारुफले एक/एक विकेट लिए । फाइनलमा श्रीलंकाले भारतको सामना गर्नेछ ।

श्रीलंका र भारतबीचको फाइनल म्याच आइतबार हुनेछ । भारत पहिलो सेमिफाइनलमा वेष्ट इण्डिजलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

Loading...