यी ४ स्टार क्रिकेटर : जो आफ्नो जन्मदिनमा शून्यमै आउट भए

काठमाडौं- हरेक व्यक्तिलाई आफ्नो जन्मदिन स्मरणीय बनाउने सोच हुन्छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टग्रामलगायतको स्थापनासँगै जन्मदिन झन् विशेष बन्न थालेको छ । सामान्य नागरिकदेखि सेलिब्रिटी आ-आफ्नै तरिकाले जन्मदिन बनाइरहेका छन् ।

एउटा खेलाडीका लागि जन्मदिनकै दिन म्याच खेल्न पाउनु झन् खुसीको कुरा हो । कयौँ खेलाडीले जन्मदिनकै दिन म्याच खेल्ने अवसर पनि पाएका छन् ।

यसैबीच आज विश्वकै सर्वाधिक चर्चित क्रिकेट लिग आईपीएल खेल्ने चार खेलाडीको चर्चा गर्दैछौँ, जो आफ्नो जन्मदिनमा खेलको आईपीएल म्याचमा शून्यमै आउट भएका छन् :

१. मिस्बाहउल हक : पाकिस्तानका पूर्वकप्तान मिस्बाहउल हकले पनि आईपीएल खेलेका थिए । उनले सन्   २००८ मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट आईपीएल खेलेका थिए ।

मिस्बाह आईपीएल म्याचमा शून्यमै आउट हुने पहिलो क्रिकेटर पनि हुन् । उनले ३४औँ जन्मदिनमा मुम्बई इण्डियन्सविरुद्ध म्याच खेलेका थिए ।

सो म्याचमा मिस्बाह शून्यमै आउट भएका थिए । उनको आईपीएलमा त्यो म्याच अन्तिम पनि थियो ।

२. क्रिस मोरिस : दक्षिण अफ्रिकाका स्टार अलराउन्डर क्रिस मोरिस २०१६ को आईपीएलमा दिल्ली डेयरडेभिल्समा थिए । सो सिजनमा उनले बलिङका साथै ब्याटिङबाट पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आईपीएल २०१६ मै मोरिसले ३२ बलमै ८२ रनको विस्फोटक पारी खेलेका थिए । सो सिजनमा आफ्नो जन्मदिनमा भने उनी शून्यमै आउट भएका थिए । केकेआरविरुद्ध खेलको सो म्याचमा मोरिसलाई उमेश यादवले शून्यमै आउट गरेका थिए ।

३. आन्द्रे रसेल : वेष्ट इण्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलका आईपीएलका चर्चित खेलाडीमध्ये एक हुन् । चौका/छक्काको वर्षा गर्न माहिर उनी केकेआरबाट आईपीएल खेल्छन् ।

विस्फोटक ब्याटिङ गर्ने रसेलले २०१८ को सिजनमा ३ सय बढी रन बनाएका थिए । सो सिजनमा उनले धेरै म्याचमा शानदार ब्याटिङ गरेका थिए ।

२०१८ कै सिजनमा रसेल आफ्नो जन्मदिनमा भने शून्यमै पनि आउट भएका थिए । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँगको खेलमा उनलाई मोहम्मद सिराजले शून्यमै पवेलियन फर्काएका थिए ।

४. हार्दिक पाण्ड्या : चर्चित अलराउन्डर हार्दिक पाण्ड्या मुम्बई इण्डियन्सबाट आईपीएल खेल्छन् । उनी गत सिजनको आईपीएलमा आफ्नो जन्मदिनमा शून्यमै आउट भएका थिए ।

जन्मदिनमा दिल्ली क्यापिटल्सको म्याचमा पाण्ड्या शून्यमै आउट भएका थिए । जन्मदिनमा शून्यमै आउट भए पनि आईपीएल २०२० मा पाण्ड्याले केही म्याचमा उत्कृष्ट पारी खेलेका थिए ।

Loading...